Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस र एमालेको गठबन्धन बिरुद्ध सिस्नेमा लड्न कृष्ण र आस्था सिफारिस

नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतद्वारा अध्यक्ष पदमा उम्मेदवारी दर्ता
२०७९ वैशाख १२
tribeni2

रुकुम पूर्व / बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेको रुकुम पूर्वको सिस्ने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ ।

आईतबार बेलुका भएको गाउँ कमिटिको बैठकले पार्टीको तर्फबाट अध्यक्षको लागि कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था बिकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिस्ने गाउँपालिकामा एमाले र चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । जस अनुसार नेपाली काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पदमा उम्मेवारी दिने सहमती भएको छ । काँग्रेस र एमालेको सहमति अनुसार आईतबार नै गाउँपालिकाको अध्यक्ष पदको लागि नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले मनोनयन दर्ता गराउँनुभएको छ ।

उपाध्यक्षमा एमालेका गोपाल रेउलेले आज उम्मेद्वारी दर्ता गराउँने बताईएको छ ।

काँग्रेस र एमालेको सहमति अनुसार वडा नम्बर १, २, ४ र ५ नम्बर वडामा कांग्रेसको भाग लागेको छ । १ नम्वर वडाबाट कर्णबहादुर बुढा, २ बाट चंखबहादुर झाँक्री, ४ बाट खिमबहादुर केसी र ५ नम्बर वडाबाट विरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराईसक्नुभएको छ ।

एमालेको भागमा परेको उपाध्यक्ष सहित वडा नम्वर ३, ६, ७ र ८ परेको छ । काँग्रेस र एमालेले जिल्लाको भूमे गाउँपालिकामा पनि तालमेल गर्ने गरी निर्णय गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्