Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् रुकुममा चुनाव लड्न टिकट पाएका काँग्रेसका उम्मेदवारहरु

एमालेसँग तालमेलको लागि कसरत
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका उम्मेदवारहरु पक्का भएका छन् । नेपाली काँग्रेस रुकुम पश्चिमले प्रदेशमा पठाएको सिफारिसपछि प्रदेशले ६ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा टिकट दिने उम्मेदवार पक्का गरेको हो ।

काँग्रेसका अनुसा जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखको उम्मेदवारमा महेन्द्र केसी र उपप्रमुखमा निर्मला गिरीले टिकट पाउँनुभएको छ । उहाँले चौरजहारी नगरपालिकाको प्रमुखमा प्रेमबहादुर ओली र उप प्रमुखमा दीपा डाँगी खड्कालाई उम्मेदवार हुनुहुनेछ भने आठबिसकोट नगरपालिकाले धिरेन्द्र बटालालाई नगर प्रमुख र शोभाकुमारी मल्ललाई उपप्रमुखको उम्मेदवार पक्का गरिएको छ ।

त्यसैगरी नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिले अध्यक्ष पदमा जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्द केसी, त्रिवेणी गाउँपालिकामा अध्यक्षमा अमरसिं खड्का र उपाध्यक्षमा सृष्टि बाँठामगरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्रिवेणीमा सिफारिस भएकाहरुले हिजो आईतबार नै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराईसकेका छन् ।

सानीभेरी गाउँपालिकामा भने अध्यक्ष पदको लागि गोरख बहादुर चन्दलाई सर्वसम्मत निर्णय गरिएको छ भने उपाध्यक्षको निर्णय हुन सकेको छैन ।

एमालेसँग तालमेलको लागि अनौपचारिक छलफल

सत्तारुढ दलहरु बिच सहमति हुनसक्ने अन्तिम कसरत हुँदा पनि रुकुममा माओवादी र काँग्रेस बिच गठबन्धन नहुने भएपछि नेपाली काँग्रेस र नेकपा एमाले बिच गठबन्धनको कसरत भएको बताईएको छ ।

आईतबार बेलुका देखि भएको छलफल नटुंगिएपछि आज बिहानै देखि जिल्लाका बिभिन्न पालिकाहरुमा दुबै पक्षका नेताहरु बसेर चुनावी तालमेलको बारेमा छलफल गरिरहेका छन् । ‘वडा, पालिका स्तरमा एमालेसँग तालमेल गर्नलाई अनौपचारिक रुपमा साथीहरु छलफल गर्दैहुनुहुन्छ,’ एक काँग्रेस नेताले भन्नुभयो, ‘केन्द्रबाट एमालेसँग तालमेल नगर्नु भन्ने निर्देशन आएपनि वडा तथा गाउँ स्तरमा कार्यकर्ताहरुले आवश्यकताको आधारमा अनौपचारिक छलफल चलाएको भन्ने खबर छ ।’

 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्