Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका १२ वडामा मात्र काँग्रेसबाट वडाअध्यक्षका उम्मेदवारहरुको टुंगो

२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस रुकुम पश्चिम मुसीकोट नगरपालिकाले १२ जना वडा अध्यक्षको उमेदवारी टुंगो लगाएको छ ।

नगरका १४ मध्ये १२ वडामा मात्र अध्यक्षका उम्मेदवार टुंग्याएको र बाँकि दुई वडामा आज दिउँसोसम्म टुंगो लगाईने नेपाली काँग्रेस मुसिकोटका नगर सचिव सुर्यप्रकाश शर्माले बताउनुभयो । वडा नम्बर १२ र १४ मा वडा अध्यक्ष टुंग्याउन बाँकि रहेको हो ।

सचिव शर्माका अनुसार नेपाली कांग्रेसले मुसिकोटको वडा नम्वर १ मा ज्ञानुचन्द्र चन्द, २ मा दिनेश खड्का, ३ मा दशरथ केसी, ४ मा शंकर शर्मा, ५ मा समिर मल्ल र ६ नम्वर वडामा डिल्लीरमण महतलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी वडा नम्बर ७ मा महेन्द्र पाण्डे, ८ मा जयबहादुर थापा, ९ मा यामबहादुर बुढा, १० मा नवराज कठायत, ११ मा टोपबहादुर खड्का र १३ मा नवराज गिरीलाई उम्मेदवार बनाईएको छ ।

नेपाली काँग्रेसबाट नगरपालिकाको प्रमुखमा महेन्द्र केसी र उप प्रमुखमा निर्मला गिरीले उम्मेदवारी दिने पक्का भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्