Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता

नगर प्रमुखमा पुष्प बादी र उप प्रमुखमा ईश्वरी शर्मा बिएमको उमेदवारी दर्ता
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत रुकुम पश्चिमको चौरजहारीमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादिले नगर प्रमुख र उप प्रमुखमा ईश्वरी शर्मा बिएमले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।

नेता कार्यकर्ता र शुभचिन्तक सहित सोमबार निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा उहाँहरुले उम्मेदवारी दर्ता गराउँनुभएको हो । नगर प्रमुखका उम्मेदवार पुष्प बादिको समर्थकमा बिरेन्द्र बिएम र प्रस्तावकमा सुन्दर शर्मा रहनुभएको छ ।

त्यसैगरी उप प्रमुख ईश्वरी शर्मा बिएमले ध्रुव बुढाथोकीको समर्थन र मनसरा मल्ल शर्माको प्रस्ताबमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्