नेभिगेशन
राष्ट्रिय

मुसिकाेटको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगर प्रमुखमा विरवल केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली कांग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित १ नम्बर वडा अध्यक्षले आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज मनोनयन दर्ताको दोस्रो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर केसीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्