पक्राउ परेका विप्लव नेता ओलीसहित ९ जना ललितपुरमा

काठमाडौं ९ चैत

गएराती काभ्रेमा पक्राउ परेका प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनीष्ट पार्टीका मध्यकमाण्ड ईन्चार्ज सुदर्शन भनीने हेमन्त प्रकाश वलिसहित ९ जनालाई अहिले महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेका ९ जनामाथी नै अनुसन्धान सुरु भएको जानकारी दिए । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको हो । उनीहरु शुक्रबार राति काभ्रेपलाञ्चोकबाट पक्राउ परेका हुन् ।

खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रेपलाञ्चोक र ललितपुरको सिमानाबाट बा १७ च ४८९३ नम्बरको स्करपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्