Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेको अध्यक्षको लागि माओवादी केन्द्रबाट होमप्रकाश श्रेष्ठ सिफारिस

२०७९ वैशाख १२
tribeni2

रुकुम पूर्व / जिल्लाको भूमे गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष पदको उम्म्द्वारको टुङ्गो लगाएको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागि माओवादी केन्द्रले भूमे गाउँपालिका अध्यक्ष पदको लागि होमप्रकाश श्रेष्ठ हिमालको नाम सिफारिस गरेको छ ।

उपाध्यक्ष पदको लागि भने छलफल चलिरहेको बताइएको छ । भूमे गाउँपालिकामा यस अघिनै वडाध्यक्ष र वडा सदस्यहरुको उम्मेद्वारको भने टुङ्गो लागिसकेको छ । सोमबार गाउँपालिकाको केन्द्र खाबाङमा रहेको निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गर्ने नेकपा माओवादी केन्द्र भूमे गाउँपालिका समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्