Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेको अध्यक्षमा सुधिर बिक्रम शाहद्वारा उम्मेदवारी दर्ता

२०७९ वैशाख १२
tribeni2

रुकुम पूर्व / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुकुमकोटमा राप्रपा रुकुम पूर्वका अध्यक्ष समेत रहनुभएका सुधिर बिक्रम शाहले गाउँपालिका अध्यक्षको लागि मनोनयन दर्ता गराउँनुभएको हो ।

राप्रपाका केन्द्रीय सदस्य केशवचन्द्र समाल (मदन शाह) का अनुसार जिल्लाका अन्य पालिका र वडाहरुमा मनोनयन दर्ताको तयारी भैरहेको छ । सिस्ने गाउँपालिका अध्यक्षको लागि पार्टीका जिल्ला अध्यक्ष शाह सहित वडा नम्वर ५ का वडा अध्यक्ष र सदस्यहरुका लागि पनि उम्मेदवारी दर्ता गरिएको छ ।

वडा अध्यक्षमा अमरबहादुर शाही र सदस्यहरुमा ऋषिकेश शाह र माधव शाहीको मनोदयन दर्ता गरिएको छ । अझै पनि बिभिन्न वडाहरुमा चुनावी गठबन्धनको लागि छलफल भैरहेको राप्रपा रुकुम पूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्