Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
माओवादी र समाजवादीको गठबन्धन

मुसिकोटमा माओवादी र समाजवादीको गठबन्धन : नगर प्रमुखमा बसन्त, उप प्रमुखमा बिमल

१३ ओटा माओवादीलाई, एक वडा समाजवादीलाई
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोटमा स्थानीय तह निर्वाचनको लागि नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) बीच गठबन्धन हुने भएको छ ।

माओवादी केन्द्रलाई नगर प्रमुख र समाजवादीलाई उप प्रमुख दिनेगरी सहमति भएपछि आजै सयुक्त रुपमा उम्मेदवारी समेत दर्ता गरिएको छ ।

माओवादी र समावजादीको गठबन्धनबाट नगर प्रमुख पदमा माओवादीका केन्द्रीय सदस्य बसन्त कुमार शर्मा र उप प्रमुख पदमा समाजवादीका केन्द्रीय सदस्य बिमल कुमार पुनको उम्मेदवारी दर्ता भएको हो ।

सहमति अनुसार नगरपालिकाको वडा नम्वर १४ मात्र समाजवादीलाई दिईएको छ । नगरका अन्य १३ ओटै वडा माओवादी केन्द्रको भागमा परेको र उम्मेदवारी समेत दर्ता गरिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्