Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको सानीभेरीमा काँग्रेस र एमालेको तालमेल

काँग्रेसको केन्द्रीय सर्कुलर उल्लंघन
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी तालमेल गर्ने भएका छन् ।

दुई दल बीच भएको छलफल अनुसार काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पद लिने सहमति गरेर उम्मेदवारी दर्ता गराईएको छ । अध्यक्षमा गोरख चन्द र उपाध्यक्षमा प्रकाश खड्काको उम्मेदवारी परेको छ ।

सानीभेरीका ११ वडा मध्य ३ ओटामा एमाले र अन्य सबै वडामा काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता भएको उपाध्यक्ष पदका उम्मेदवार प्रकाश खड्काले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनमा रहेका दलहरु बाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने केन्द्रको निर्देशन उल्लंघन गर्दै नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाले एमालेसँग चुनवी तालमेल गरेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्