Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा काँग्रेसका प्रेमबहादुर र दिपाको उम्मेदवारी दर्ता

कार्यकर्ताको लस्कर सहित उम्मेदवारी दर्ता
२०७९ वैशाख १२
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस चौरजहारीले आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेको छ ।

आज सोमबार निर्वाचन अधिकृतको कार्यालयमा कार्यकर्ताको साथ पुगेका नेपाली काँग्रेसका नगर सभापति प्रेमबहादुर ओलीले नगर प्रमुख पदमा मनोनयन दर्ता गराउँनुभएको हो । उहाँसँगै उप प्रमुख पदको लागि दिपा डाँगी खड्का र १४ ओटै वडाका वडा अध्यक्ष र सदस्यहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नगर प्रमुखको उम्मेदवारीको प्रस्तावक खड्क बहादुर डाँगी र समर्थकमा भद्रबहादुर बिष्ट रहनुभएको छ । नाराजुलुस र कार्यकर्ताहरुको लस्करका बिच काँग्रेसले उम्मेदवारी दर्ता गराएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्