Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँपालिका अध्यक्षमा बुवा र वडा अध्यक्षमा छोराको उम्मेदवारी दर्ता

२३ बर्षका बिशाल सिर्जनशील, क्षमतावान र सक्रिय युवा
२०७९ वैशाख १२
tribeni2

रुकुम पूर्व / बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पूर्वमा सहोदर बाबुछोराले एउटै पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।

बुवाले गाउँपालिका अध्यक्ष र छोराले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको हो । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट सिस्ने गाउँपालिका अध्यक्ष पदमा उपेन्द्रलाल कामी र वडा नम्वर ६ को वडा अध्यक्षमा विशाल गिरीको उम्मेदवारी दर्ता भएको हो । मनोनयन दर्ता भएको छ । उपेन्द्रलाल जसपाको केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

नयाँ जिल्ला र संगठन बनाउँदै गरेको पार्टी हुनाले परिवारका सबै सदस्यहरु पार्टीमै होमिनु परेको बताईएको छ । बिशाल उमेरले २३ बर्षको मात्र हुनुभएको छ । सिर्जनशिल र सक्रिय युवा बिशाल सम्भवतः प्रदेशकै कान्छो वडा अध्यक्षको उम्मेदवार समेत हुनुहुन्छ ।

सोमबार भएको उम्मेदवारी दर्तामा जसपाले सिस्नेमा गाउँपालिकामा तालमेलको लागि भनेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता नगरेको जनाएको छ । गाउँपालिकाको वडा नम्वर ३ मा भने वडा अध्यक्षको लागि तेजेन्द्र खड्का, ५ नम्वरमा बलबहादुर छिनाल भनिने मंगले दमाइले मनोनयन दर्ता गराउनुभएको छ । यी वडामा सदस्यहरु र अन्य वडामा अध्यक्ष, सदस्यहरु कसैको पनि मनोनयन दर्ता नगराएको जसपा रुकुम पूर्वले बताएको छ ।

जसपाले जिल्लाको भूमे गाउँपालिकाको १ नम्बर वडामा अध्यक्षको लागि सतमान पुनको मनोनयन दर्ता गरेको छ । भूमेमा पालिका र अन्य वडामा जसपाले उम्मेद्वार उठाएको छैन् ।

त्यसैगरी जिल्लाको पुथम उत्तरगंगा गाउँपालिकामा अध्यक्ष पदको लागि राखिमान घर्तीको उम्मेदवारी दर्ता गरिएको छ । पुथाकै वडा नम्वर ५ को वडा अध्यक्षको लागि अशोक घर्ती मगर र १० नम्बर वडाबाट अध्यक्षको लागि सिरबहादुर बुढाले मनोनयन दर्ता गराउनुभएको जसपाका केन्द्रीय सदस्य  उपेन्द्रलाल कामीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्