Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा मात्रै १९ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता

 एक जना नगरप्रमुख, १० जना वडा अध्यक्ष र आठ जना वडा सदस्य
२०७९ वैशाख १३
tribeni2
रुकुम पश्चिम / वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मात्रै १९ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
 
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरपालिका प्रमुख, वडा अध्यक्षहरु र सदस्यहरु गरेर १९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन । एक जना नगरप्रमुख, १० जना वडा अध्यक्ष र आठ जना वडा सदस्य रहेका छन् ।
 
मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी विरबल केसिले नगर प्रमुखको लागी स्वतन्त्र उम्मेदवारीमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । मुसिकोटकै कालीबहादुर महतराले १ नम्वर वडा अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवारीमा मनोनयन दर्ता गराउनुभएको छ भने वडा नम्बर ३ को वडा अध्यक्ष पदमा मदन कुंवर केसीको उम्मेदवारी परेको छ ।
 
वडा नम्बर ४ को वडा अध्यक्षमा बसन्त गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ भने सोहि वडाको सदस्यमा भेषराज मल्ल, महिला सदस्यमा नर्मा केसि र दलित महिला सदस्यमा सुमन नेपाली र देउरुपा सार्कीको स्वतन्त्र उम्मेदवारी परेको छ ।
 
वडा नम्बर ५ मा मोहनलाल केसीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने वडा नम्बर ७ को वडा अध्यक्षमा राजन पाण्डे, दिपेन्द्र कुमार बुढा मगर र धनेश बुढाको उम्मेदवारी परेको छ । सोहि वडाको वडा सदस्यमा टेकबहादुर कुँवर, महिला सदस्यमा चम्फा बोहरा शेरचनको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
नगरपालिकाकै वडा नम्बर ९ मा कर्णबहादुर बुढा र लोकेन्द्र बहादुर ओलीको वडा अध्यक्षका पदमा र वडा नम्बर १३ मा धनकली कामीको दलित महिला सदस्यमा उम्मेदवारी परेको छ । वडा नम्बर १४ मा लाल बहादुर ओलीको वडा अध्यक्षमा र उदिराम ओलीको खुल्ला सदस्यमा स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
 
 
 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्