Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा अध्यक्षमा सात जना र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

अध्यक्ष पदको लागि पाँच जनाकाे दलको तर्फबाट र दुई जनाकाे स्वतन्त्र उम्मेदवारी दर्ता
२०७९ वैशाख १३
tribeni2

रुकुम पूर्व / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सात जनाले अध्यक्षमा र ३ जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदको लागि पाँच जनाले दलको तर्फबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँनुभएको हो ।

कार्यालयका कम्प्युटर अपरेटर हचिन्द्र बिकले दिनुभएको जानकारी अनुसार गाउँपालिकाको अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रका पुनीराज घर्ति, नेपाली काँग्रेसका तेजेन्द्र खाम मगर र नेकपा एमालेका वागलाल बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट राखीमान घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरदया पुनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अन्य दुई जनाले स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराउँनुभएको छ । जिताराम कामी र महेन्द्र बुढा मगरले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदको लागि माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको तर्फबाट मात्र उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका लेखापाल नवराज खड्काका अनुसार नेकपा माओवादी केन्द्रको तर्फकबाट भुपेन्द्रा बुढा, नेपाली काग्रेसका तर्फबाट कमला कुमारी मल्ल र नेकपा एमालेको तर्फबाट धर्म घर्ति बुढाको उम्मेदवारी दर्ता भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्