Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेमा अध्यक्षको लागि चार र उपाध्यक्षको लागि तीन जनाको उम्मेदवारी

काँग्रेस र एमाले बीच तालमेल
२०७९ वैशाख १३
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा चार जनाले अध्यक्ष र तीन जनाले उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउनुभएकाे हो ।

अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गर्नेहरुमा नेकपा माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका भीम बहादुर ओली, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढा हुनुहुन्छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार भूमे गाउँपालिका उपाध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रका सविना बुढा मगर, नेकपा एमालेका कमानसिँह डाँगी र स्वतन्त्र रुपमा नमिता पुनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

भूमेका नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेर मनोनयन दर्ता गराएका हुन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्