Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादीले चौरजहारी र सानीभेरीमा सुरु गर्यो चुनावी अभियान

२०७९ वैशाख १३
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रले रुकुमकाे चौरजहारी नगरपालिका र सानीभेरीमा गाउँपालिकामा चुनावी प्रचार प्रसार अभियान सुरु गरेको छ । हिजो सोमबार मनोनयन गरेपछि चुनावी सभा गर्दै प्रचार प्रसार अभियान थालेको बताईएको छ ।

माओवादीले चौरजहारीमा १ नम्बर वडाबाट प्रचार प्रसार अभियान सुरु गरेको हो । नगर प्रमुखका उम्मेदवार पुष्प वादी र उपप्रमुखका उम्मेदवार इश्वरीकुमारी शर्मा विएम सहितको टोलीले चुनाव प्रचार थालेको हो । चुनावी प्रचार कार्यक्रममा माओवादी केन्द्रका नेता गोपाल शर्मा, विशाल शर्मा, ऋषिप्रसाद शर्मा लगायतको उपस्थितिमा रहेको थियो ।

त्यसैगरी सानीभेरीमाको गाउँपालिकाको वडा नम्वर को छोटेबगरमा चुनावी सभा सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य बिमला केसीको विशेष आतिथ्यता तथा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु, सानिभेरी गाउँकमिटीका पदाधिकारी तथा सदस्यहरु, पार्टीबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु लगाएतको उपस्थितिमा चुनावी सभा गरिएको हो ।

सानीभेरी गाउँ कमितिले चुनावी अभियानको कार्यतालिका समेत पास गरेको छ । सानीभेरीमा पार्टीको निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुन हुनुहुन्छ । निर्वाचन परिचालन समितिका संयोजक पुनले पेश गरेको कार्यक्रममा एक वटा वडामा ३ वटा सम्म भेला तथा सभाको आयोजना गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

वडा नं ११ बाट सुरु भएर बैशाख २७ गते सानीभेरी गाउँपालिकामा बृहत जनसभा गरी चुनावि प्रचार अभियान सम्पन्न गर्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्