Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसीकोट २ नम्बर वडा अध्यक्षका उम्मेदवार खड्काको सम्पति सार्वजनिक

जम्मा चलअचल सम्पति तीन करोड ८२ लाख ९० हजार
२०७९वैशाख १४
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका दलबहादुर खड्काले आफ्नो सम्पति सार्वजनिक गर्नुभएको छ । मुसीकोट नगरपालिकाको वडा नम्बर मा उम्मेदवार बनेका खड्काले बुधबार आफ्नो नाममा रहेको चल तथा अचल सम्पतिको विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार हाल उहाँसँग चलअचल सम्पति तीन करोड ८२ लाख ९० हजार छ । यसमा ८१ लाख रुपैयाँ ऋण रहेको छ । ऋण कटाएर आफूसँग तीन करोड ११ लाख ९० हजारको सम्पति रहन आउँछ । विभिन्न व्यवसाय, सेवाबाट कमाएको, पुख्र्यौउली गरी यो सम्पति रहेको खड्काले बताउनुभयो ।


एक करोड २० लाख बराबरका २ घर, एक करोड ३० लाखको अचल सम्पति जग्गा, एभरेष्ट बहु सेवा प्रालीमा ३० लाख रुपैयाँको शेयर रहेको खड्काले जानकारी दिनुभयो । फेडरल बहु सेवा सूचना प्रविधि इन्भेष्टमेन्ट प्राली र कृषि फार्ममा २४ लाखको शेयर, एभरेष्ट बहु सेवा सूचना प्रविधि इन्सिच्युटमा ५ लाख शेयर रहेको जानकारी उहाँले दिनुभयो। डिग्रे शाईकुमारी सहकारीमा ६० हजार बचत, हाम्रो बचत सहकारी संस्थामा १ लाख ८० हजार रुपैयाँ बचत रहेको उहाँले बताउनुभयो ।

विभिन्न बैंक तथा वित्तिय कम्पनीहरुमा १ लाख ५० हजार शेयर, दश लाखका सुन तथा गहना र विभिन्न बीमा कम्पनीहरुमा प्रिमियम भुक्तानीका लागि २० लाख रुपैयाँ रहेको उहाँले बताउनुभयो ।


यदि निर्वाचन जितेपछि सार्वजनिक पद धारण गर्नुपर्ने भएको हुँदा र सम्पतिमा प्रश्न उठ्ने भएर आफूले हालसम्म भएको पहिल्यै सम्पति सार्वजनिक गरेको र आफू निर्वाचित भएपछि कार्यकाल सकिने समयमा पनि आफूले यसैगरी सम्पति विवरण सार्वजनिक गर्ने खड्काले बताउनुभयो ।

यस्तै उम्मेदवार खड्काले आफूले जितेपछि आउने सेवा सुविधा वडामा सामाजिक सुरक्षा कोष स्थापना गर्ने र उक्त सुविधा कोष मार्फत खर्च गर्ने योजना रहेको बताउनुभयो साथै कोष सञ्चालनको जिम्मा विपक्षी पार्टीलाई दिने पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्