Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

२०७९ वैशाख १४
tribeni2

काठमाडौं /  नेपाल सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ । 

पेट्राेलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय सार्वजनिक गरिएको टिप्पणी गरिँदैछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्