Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चुनावमा लुकाइए इजाजत प्राप्त हतियार

२०७९ वैशाख १४
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा कसैले पनि इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले गत चैत १३ गते नै सुचना निकालेर नै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्लाभित्रका इजाजत प्राप्त गरेर विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको थियो ।

तर चुनावको उम्मेदवार मनोनयन दर्ता सकिदा सम्म पनि कसैले पनि नबुझाएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो ।

रुकुम अहिलेम्म जिल्ला प्रशासन कार्यालयबाट जारी इजाजत प्राप्त हतियारको संख्या ७८७ रहेपनि आर्थिक बर्ष २०७८र०७९ सम्म १२ थान मात्र हतियार जिल्ला प्रशासन कार्यालयमा नविकरण भएका छन ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्