Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी माओवादीका १७ बुंदे प्रतिबद्धता सार्वजनिक

२०७९ वैशाख १५
tribeni2

रुकुम पश्चिम  / नेकपा माओवादी केन्द्र चौरजहारीले आफ्ना १७ बुंदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि माओवदी केन्द्रको तर्फबाट नगर प्रमुखका उम्मेदवार रहनुभएका पुष्प वादीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

बिहिबार उम्मेदवार बादीले चौरजहारीमा आफु र आफ्नो पार्टी विजय भइसकेपछिको योजना सहितको विभिन्न १७ बुँदामा प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

उक्त प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवाको विषयमा विस्तृत रुपमा बताइएको छ । पाँच वर्ष सम्म चौरजहारीका नागरिकहरुका आधारभुत आवश्यक्ता परिपूर्तिका गर्नका लागी बनाइने नीति र गरिने कार्यक्रमका बारेमा माओवादीले प्रतिबद्धता जनाएको हो ।

यस्तै आत्मनिर्भर, एकताबद्ध र समृद्ध नगर निर्माण, चौरजहारी नगरबासीको पहिचान भन्ने नारालाई सार्थक बनाउन प्रतिबद्ध छु , हाल चलिरहेको ५ वर्षे स्थानीय सरकारले खडा गरेको जगमा टेकेर नै चौरजहारीको समृद्धिका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको हौं वादीले भन्नुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्