Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यो बर्षको एसइइ सुरु हुँदै: ४ लाख ७५ हजार परिक्षार्थी सहभागी

काठमाडौं १० चैत ।
tribeni2

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आजबाट सुरु हुँदैछ । बिहान ८ बजेबाट सुरु हुने परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार परिक्षा संचालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताए ।

परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६०२ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुने कार्यालयले जनाएको छ । एसइई आगामी २१ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०७:०३
प्रतिक्रिया दिनुहोस्