Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका सात जिल्लामा ४४० जनालाई सीपमुलक तालिमको अवसर

२०७९ वैशाख १५
tribeni2

कर्णाली प्रदेश / कर्णाली प्रदेशका सात जिल्लाका ४४० जना युवाहरुलाई नि:शुल्क सीपमुलक तालिम प्रदान गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोगमा विभिन्न विषयहरुमा ६५ दिने तालिम सन्चालन हुन लागेको हो ।

जसमध्ये सुर्खेत जिल्लाामा पलम्बरको लागी वल्र्डवाइड टेक्निकल इन्स्च्यिुटद्वारा ४० जना र च्याउ खेतिका लागी नागर्जुन मल्टी टेक्निकल सोलुसन प्रालीद्धारा २० जना गरेर जम्मा ६० जनाले नि:शुल्क तालिम प्राप्त गर्ने छन् । कालीकोटमा पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्च्यिुट प्रालीद्वारा कम्प्युटर रिपेयर र मेन्टेनेन्सको ४० जनाले, फर्निचरको २० जनाले, श्री चित्र गुप्ता इन्स्च्यिुट अफ टेक्नोलोजीद्वारा बेमौशमी तरकारी उत्पादनको २० जनाले र व्यावसाय तालिम विकास तथा परामर्श केन्द्र प्रालीद्वारा हावस वाइरिङको २० जनाले गरेर जम्मा एक सय जनाले तालिम लिने छन ।

यस्तै जाजरकोटका ४० जना मध्ये पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्स्च्यिुट प्रालीद्वारा कम्प्युटर रिपेयर र मेन्टेनेन्सको २० जनाले र शिव इन्स्च्यिुट अफ मल्टी टेक्निकल एजुकेशन प्रालीद्वारा मन्टेश्वरीको २० जनालाइ तालिमकाे अवसर आएकाे छ ।

जुम्लामा पिरामिड टेक्निकल प्रालीद्वारा २० जनाले च्याउ खेतिको तालिम लिने छन ।

दैलेखमा ८० जना मध्ये २० जनाले पिरामिड टेक्निकल प्रालीद्वारा च्याउ खेतिको, २० जनाले लुम्बिनी पोलीटेक्निकल इन्स्च्यिुट प्रालिद्वारा मन्टेश्वरीको, २० जनाले गन्डकी पोलीटेक्निकल इन्स्च्यिुट प्रालिद्वारा कम्प्युटर हार्डवयरको र २० जनाले नागर्जुन मल्टी टेक्निकल सोलुसन प्रालीद्वारा स्काफोल्डरको तालिम प्राप्त गर्ने छन् । 

सल्यानमा जव वरेन्टेड टेरिं इन्स्च्यिुट प्रालीद्वारा  २० जनाले ग्रामीण पशु तथा स्वास्थ्य कार्यकर्ताको तालिम प्राप्त गर्ने छन् ।

यस्तै रुकुम पश्चिममा १२० जना मध्ये २० जनाले जव वरेन्टेड ट्रेनिङ इन्स्च्यिुट प्रालीद्वारा ग्रामीण पशु तथा स्वास्थ्य कार्यकर्ता तालिम, २० जनाले वल्र्डवाइड टेक्निकल इन्स्च्यिुटद्वारा पलम्बरको, २० जनाले वल्र्डवाइड टेक्निकल इन्स्च्यिुटद्वारा हावस वाइरिंको, २० जनाले लुम्बिनी पोलीटेक्निकल इन्स्च्यिुट प्रालिद्वारा बेमौसमी तरकारीको, २० जनाले गन्डकी पोलीटेक्निकल इन्स्च्यिुट प्रालिद्वारा कम्प्युटर हार्डवयर र २० जनाले गन्डकी पोलीटेक्निकल इन्स्च्यिुट प्रालिद्वारा नै मोटरसाइकल मर्मतको तालिम प्राप्त गर्ने कालीका कम्प्युटर इन्स्च्यिुटका व्यवस्थापक राम बहादुर पुनले बताउँनुभयो ।

तालिम लिन चाहनेहरुले वैशाख २० गते सम्म कालीका कम्प्युटर इन्स्च्यिुट रुकुम पश्चिममा सम्पर्क राख्न सकिने व्यवस्थापक पुनले बताउँनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्