Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विहे भोजमा चक्कु प्रहार एकै घरका तीन सहित चार जना घाइते

२०७९ वैशाख १५
tribeni2

अछाम / विहे भोजमा रमाइलोमा रहेका व्यक्तिहरुलाई विद्यालय परिसरमा नजान भनेको विषयमा विवाद उत्पन्न भएपछि चक्कु प्रहार हुँदा एकै घरमा तीन जना सहित चार जना घाइते भएका छन् । हतियार प्रहारबाट ढकारी गाउँपालिका–३ चोइटीखाली निवासी मानबहादुर बुढा, हिक्मतबहादुर बुढा, तुलसी बुढा र खकेन्द्र बुढा घाइते भएका हुन् ।

बुधबार राती करिब ११ बजे भएको घटनामा गम्भीर घाइते भएका मानबहादुर र हिक्मतको उपचारका लागि राती नै अछाम अस्पताल ल्याइएको छ । तुलसी र खकेन्द्रको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । स्थानीय विवाहमा रमाइलोमा रहेका व्यक्तिहरुलाई विद्यालयको प्राङगणमा नजान विद्यालयका प्राधानाध्यापक मानबहादुरले आग्रह गरेपछि करिब १० जनाको समूहले धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ । मानबहादुर स्थानीय जनज्योति प्राथमिक विद्यालयका प्रधानाध्पाक हुन भने हिक्मत र तुलसी एकैघरका भाइबहिनी हुन् । खकेन्द्रपनि स्थानीय रहेको बताइएको छ ।

मानबहादुरको टाउको, ढाड र हातमा र हिक्मतको टाउको र हातखुट्टामा धारिलो हतियारले गम्भीर चोट लागेको सोही वडाका अध्यक्ष महादेव बुढाको बताउनुभयो । अछाम प्रहरीका अनुसार घटनामा चक्कु प्रयोग भएको पाइएको छ ।

घटनामा संलग्न भएको आरोपमा ढकारी गाउँपालिका–१ निवासी तपेन्द्र्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो । फरार रहेका अन्य व्यक्तिको खोजी र घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्