Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भुइँको टिपौ भन्दा गोजिको झर्ने डरले एकल रुपमा मैदानमा छौ : गोपाल शर्मा

२०७९ वैशाख १५
tribeni2

रुकुम पश्चिम / नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोपाल शर्माले रुकुम पश्चिममा सत्तारुढ ५ दलिय गठबन्धनका दलहरु बिचको चुनावी गठबन्धनको सहमति हुन नसकेको बताउँनुभएको छ ।

बिहिबार माओवादी केन्द्र चौरजहारीको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नेता शर्माले जिल्लामा काँग्रेसले ठुलो डिमान्ड गर्दा तालमेल हुन नसकेको बताउँनुभयो । ‘माओवादी केन्द्र केन्द्रीय गठबन्धनको निर्णयको भावना तथा मर्म विपरित गएको छैन,’ शर्माले भन्नुभयो, ‘काँग्रेसले नै एमालेसँग कहिकतै घोषित त कतै अघोषित तालमेल गरिरहेको छ ।’

भोलिसम्म उम्मेदवारी फिर्ता लिने समयावधि भएकोले माओवादीको तर्फबाट जिल्लामा रहेका नेपाली काँग्रेस र नेकपा (एकिकृत समाजवादी) सँग आज दिनभर आवश्यक छलफल गर्ने भने उहाँले उल्लेख गर्नुभयो । आज दिनभर सहमतिको प्रयास गर्ने नभएमा माओवादी एक्लै चुनावी मैदानमा होमिएको उहाँले बताउँनुभयो ।

रुकुम पश्चिममा रहेका ६ स्थानीय तहको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहित ७३ वटा वडा मध्य ५८ वडा अघिल्लो स्थानीय तहको चुनावमा माओवादीले जितेको जानकारी गराउँनुहुँदै उहाँले भुइँको टिपौ भन्दा गोजिको झर्ने डरले एकल रुपमा मैदानमा रहेको उल्लेख गर्नुभयो ।

१३ वडा जितेको काँग्रेसले ३ प्रमुख, ३ उप प्रमुख, ३६ वडा र समाजवादीले १९, २० वडा, एक प्रमुख र एक उप प्रमुख माग राखेकोले सहमति हुन नसकेको उहाँले जानकारी गराउँनुभयो । जिल्लाको मुसिकोटमा भने समाजवादीसँग तालमेल भएको उहाँले जनाउँनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्