Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा माओवादीको चुनावी अभियान तिब्र

२०७९ वैशाख १५
tribeni2

रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रले स्थानीय तहको चुनावी अभियानलाई तिव्रता दिएको छ । आज बिहिबार गाउँपालिका ११ को गातिना, काफलबोट हुँदै १० नम्वर वडाको तीन ठाउँमा चुनावी कार्यक्रम सम्पन्न गरेको माओवादी केन्द्र सानीभेरीले जनाएको छ ।

वडाको अर्माडाँडा, घण्ठाना र चिन्तुमा फरक फरक तीन ठाउँमा कार्यक्रम भएको बताईएको छ । अर्माडाँडा र घण्ठानामा वडा पार्टीका अध्यक्ष घमण्ड विकको अध्यक्षतामा र कर्णाली प्रदेश कमिटी सदस्य नरबहादुर पुनको प्रमुख आतिथ्यतामा चुनावी कार्यक्रम समप्नन भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रो तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट, उपाध्यक्षका उम्मेदवार कमला रोका पुन, वडा अध्यक्षका उम्मेदवार टिकाराम खड्का, सदस्यहरु सीता डाँगी खड्का ,जंगविर ओली ,जयकुमारी कामी र खमबहादुर खड्का, वाईसीएल नेपाल सानीभेरी गाउँपालिका ईन्चार्ज गोविन्द ओली, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन खड्का, कलाकार डिल्ली परियारको समूह, प्रेस सेन्टर सानीभेरी गाउँपालिका अध्यक्ष छविलाल विष्ट लगाएत स्थानीय कार्यकर्ता उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन वाईसीएल नेपाल जिल्ला सदस्य महेश विकले गर्नुभएको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्