Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एक मावि एक खेलकुद शिक्षकसँगै प्रविधिमैत्री शिक्षा बिशेष जोड

२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्रको तर्फबाट सानीभेरी गाउँपालिकााको अध्यक्ष पदका उम्मेदवार बिर्खबहादुर बिष्टले एक मावि एक खेलकुद शिक्षक र प्रविधिमैत्री शिक्षामा जोड दिनुभएको छ ।

स्थानीय तहको आगामी बैशाख ३० गते हुने चुनावको प्रचार प्रसारको क्रममा सानीभेरी १० को चिन्तुमा भएको चुनावी सभामा उहाँले भौतिक विकासको जग यस अघिको स्थानीय सरकारले बसालिसकेकोले त्यसको बाँकी कार्य पूरा गर्ने कामका लागि आफू लागि पर्ने बताउँनुभयो ।

उहाँले जनताकै बीचमा बसेर सेवा गर्नलाई र गाउँपालिकाको विकास तथा समृद्धिका लागि आफू हरपल तयार रहेको समेत उल्लेख गर्नुभयो ।

चुनावी सभामा उपाध्यक्ष पदका उम्मेदवार कमला रोका पुनले आफूले तत्कालिन जनयुद्ध लडेको, भोगेकोले पीडितहरुको पक्षमा काम गर्न आतुर रहेको जनाउनुभयो । विकास, समृद्धि, आत्मनिर्भरता, स्वाधिनताको लागि आफ्नो क्षमता र सीपको प्रयोग गर्न आफू अग्रसर रहेको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्