Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटमा माओवादी, नेकपा एस र जसपा मिलेर चुनाव लड्ने

नगर प्रमुखमा माओवादी केन्द्रका बसन्त कुमार शर्मा र उप प्रमुखमा नेकपा एसका बिमलकुमार पुन उम्मेदवार
२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा तीन दल विच चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी एक भएर चुनाव लड्ने सहमति भएको हो ।

यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी विचमा तालमेल गर्ने सहमति भएर संयुक्त उम्मेदवार उठाईएको थियो भने शुक्रबार जनता समाजवादी पार्टी नेपाल विच पनि चुनावी तालमेल गर्ने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका मुसिकोट नगरसमिति अध्यक्ष धिरण शिर्पाली, नेकपा एकिकृत समाजवादीका नगरसमिति अध्यक्ष दिपकराज खड्का र जनता समाजवादी पार्टी नेपालका नगरसमिति अध्यक्ष हेमराज बोहराद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तीन वटा पार्टी विच चुनावी तालमेल भएको र अब संयुक्त चुनावी कार्यक्रम बनाएर प्रसारप्रसारमा लाग्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

तीन दलको गठबन्धनबाट मुसिकोट नगरप्रमुखमा माओवादी केन्द्रका बसन्त कुमार शर्मा र उपप्रमुखमा नेकपा एसका बिमलकुमार पुन उम्मेदवार रहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्