Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस–एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका माओवादी नेताको उम्मेदवारी फिर्ता

गाउँपालिकामा काँग्रेस उम्मेदवारविहिन
२०७९ वैशाख १६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्षको लागि उम्मेदवारी दिनुभएका एक जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको तालमेलबाट रुकुम पूर्वको भूमे गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनुभएका भिमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका ओलीले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

कांग्रेसको तर्फबाट अध्यक्ष र एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेस–एमालेको निर्णयअनुसार ओलीले कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।
उम्मेदवारी फिर्ता लिने ओली मनोनयन अघि ओली नेकपा माओवादीकै स्थानीय नेता हुनुहुन्थ्यो । माओवादी पार्टीले टिकट नदिएपछि अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दर्ता गर्न मनोनयन दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालय पुगेको बेला काँग्रेस एमालेसँग सल्लाह मिलेर उम्मेदवारी दिनुभएको थियो ।

कांग्रेस–एमालेको प्रस्तावमा कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवारी दिएको तर छलफल गर्दै जाँदा आफू उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उहाँले बताउँनुभयो ।

ओलीले उम्मेदवारी फिर्ता लिएपछि गाउँपालिका अध्यक्ष पदमा अब माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगल नेश्नल अर्गनाइजेसनका रतन पुनको मात्रै उम्मेदवारी छ ।

गाउँपालिकामा काँग्रेस उम्मेदवारविहिन

गठबन्धन भएको कारण गरेकाले कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिएको थिएन । यससँगै भूमे गाउँपालिकामा नेपाली काँग्रेसको उम्मेदवारविहिन भएको छ । उपाध्यक्षमा एमालेको तर्फबाट उम्मेदवारी दिएका कमानसिङ डाँगीको मात्रै उम्मेदवारी कायम छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार भूमे गाउँपालिका उपाध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रका सविना बुढा मगर, नेकपा एमालेका कमानसिँह डाँगी र स्वतन्त्र रुपमा नमिता पुनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्