Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा पुस्तक र शुसिलाको उम्मेदवारी फिर्ता

दुई वडा पाएपछि माओवादीलाइ समर्थन
२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिम / आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चौरजहारी नगरपालिका नेकपा माओवादी र नेकपा (एकिकृत समाजवादी बीच तालमेल भएको छ ।

नगरका दुइ वडा समाजवादीले पाउने गरी तालमेल भएको हो । समाजवादीका नगर अध्यक्ष हुकुम बिसीका अनुसार वडा नम्वर ६ र १३ का वडा अध्यक्षका उम्मेदवार बाहेक अरु सबैको उम्मेदवारी फिर्ता लिईएको छ ।

समाजवादीको तर्फबाट नगर प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिनुभएका पुस्तक चन्द र शुसिला गिरीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँहरुले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा आएर उम्मेदवारी फिर्ता लिएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्