Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किरात, सुन्दास र गिरीलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं १० चैत ।
tribeni2

नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना साहित्यकारलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको 'नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार' संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई प्रदान गर्ने निर्णय गरेको नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । 

नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएबापत उनीहरुलाई पुरस्कार दिईने भएको प्रकाशनले जनाएको छ । योे  पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिईने भएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू वितरण हुने प्रकाशनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कविता : अधुरो प्रेम
काठमाडौं १० चैत ।

कविता : म पनि हिँडे साथी !
काठमाडौं १० चैत ।

गजल - दिपशिका ओली
काठमाडौं १० चैत ।