Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका दुवै जनाको उम्मेदवारी फिर्ता

२०७९ वैशाख १६
tribeni2

रुकुम पूर्व / पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएका महेन्द्र बुढा र जिताराम कामीले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँहरु दुबै जनाले स्वतन्त्र रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको र आज निर्वाचन अधिकृतको कार्यालयमा आफै आएर उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रका पुनीराज घर्ति, नेपाली काँग्रेसका तेजेन्द्र खाम मगर र नेकपा एमालेका वागलाल बुढाले उम्मेदवारी कायम रहेको छ । त्यसैगरी जनता समाजवादी पार्टीको तर्फबाट राखीमान घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरदया पुनले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्ष पदको लागि माओवादी केन्द्र, नेपाली काँग्रेस र एमालेको तर्फबाट मात्र उम्मेदवारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका लेखापाल नवराज खड्काका अनुसार नेकपा माओवादी केन्द्रको तर्फकबाट भुपेन्द्रा बुढा, नेपाली काग्रेसका तर्फबाट कमला कुमारी मल्ल र नेकपा एमालेको तर्फबाट धर्म घर्ति बुढाको उम्मेदवारी कायम छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्