Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा नेपाली काँग्रेस, एमाले र समाजवादीको गठबन्धन

२१ जनाको उम्मेदवारी फिर्ता
२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिका अन्तर्गतका विभिन्न पदमा उम्मेदवारी दिएका २१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिनेको संख्या २१ जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ ।

कार्यालयका अनुसार नेकपा (एकिकृत समाजबादी)ले आफ्ना सबै पदका उम्मेदवारी फिर्ता लिएको छ । जसमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्का, उपाध्यक्ष पदका उम्मेदवार कविता खड्का ओली लगाएत १५ जना रहेका छन् ।

एकिकृत समाजवादीले आफ्नो उम्मेदवारी फिर्ता लिएसंगै नेपाली काँग्रेसलाई समर्थन गर्ने निर्णय भएको अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्काले जानकारी दिनुभयो ।

त्यस्तै नेकपा एमाले बाट २ जनाले, जनता समाजबादी पार्टीबाट ३ जनाले र स्वतन्त्र १ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका तर्फबाट ४ नम्वर वडाका वडा अध्यक्षका उम्मेदवार नन्ने बुढा र वडा नम्वरका ७ कालो कामीले फिर्ता लिनुभएको हो ।

त्यस्तै जनता समाजबादीबाट वडा नं ५ का सदस्यहरु लोकेश बस्नेत, भरत खत्री र रोशन पुन रहेका छन भने स्वतन्त्रबाट वडा नं ९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बिरभान खड्काले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

सानीभेरीमा नेपाली काँग्रैसका गोरख चन्द र नेकपा एमालेका प्रकाश खड्का अध्यक्ष र उपाध्यक्ष उम्मेदवार रहनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्