Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा उपाध्यक्ष सहित ११ जनाको उम्मेदवारी फिर्ता

२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक गाउँपालिका उपाध्यक्ष सहित ११ जनाको उम्मदेवारी फिर्ता भएको छ । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिनुभएका एक उपाध्यक्ष, पाँच वडा अध्यक्ष र पाँच जना महिला सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

आज शुक्रबार निर्वाचन अधिकृतको कार्यालय खारानेटामा गएर गाउँपालिका उपाध्यक्षमा स्तन्त्र उम्मेदवारी दिनुभएका डिल्लीबहादुर ओली सहति ११ जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिने वडा अध्यक्षको उमेदवारहरुमा २ नम्वरका राजेन्द्र पुन, ५ नम्बर वडाका तुल्सिराम ओली वडा सदस्य ओमप्रकाश ओली, वडा नम्बर ६ का मकरबहादुर ओली र गंगा विक र ८ नम्वरका प्रेमबहादुर खड्का रहनुभएको छ ।

सदस्य पदमा उम्मेदवार दिनुभएका बिउसना डाँगी, बिरमा वादी, दिपा केसी ओली र गनेशा ओलीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले बताउनुभयो ।

निर्वाचन अधिकृत बस्नेतका अनुसार १ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अब भने ११ जनाले उम्मेदवारी फिर्ता लिएपछि १ सय २८ जना उम्मेदवारको नामावली प्रकाशन गरिएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्