Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा सत्तागठबन्धन दलहरु एक्लाएक्लै भीड्ने

उम्मेदवारहरुले मनोनयन फिर्ता नगरेपछि सत्तारुढ दलहरु वीच चुनावी तालमेल नहुने
२०७९ वैशाख १६
tribeni2

जाजरकोटका अधिकांश स्थानीय तहमा सत्तारुढ दलहरु वीच चुनावी गठबन्धन नहुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेका उम्मेदवारहरुले मनोनयन फिर्ता नगरेपछि सत्तारुढ दलहरु वीच चुनावी तालमेल नहुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते मनोनयन फिर्ता गर्ने समय तोकिएको थियो ।

भेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले नगरप्रमुख र नेपाली काँग्रेसले उप प्रमुख पाउने गरी सत्तागठन्धनको निर्णय भएको थियो तर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले पुरै सेट सहित मनोनयन दर्ता गरेका थिए । गठबन्धनका विरुद्ध वागी मनोनयन दर्ता गरेका उम्मेदवारहरुले फिर्ता गर्न निर्णय गरेपनि फिर्ता गर्न नमान्दा जिल्लामा टुंगो लागेका स्थानीय तह बाहेक अरु सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार, भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ ।

छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्तागठबन्धन दलहरुको सहमति भईसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता लगेपनि नगर प्रमुख, उप प्रमुख कसैले फिर्ता लगेका छैनन् ।

एक स्रोतका अनुसार अन्य स्थानीय तहमा मनोनयन दर्ता गरेका उम्मेदवारहरुले फिर्ता लिएका छैनन् । कुशे गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन् । अन्तत: सत्तागठबन्धन दलहरु एक्ला एक्लै चुनावी मैदानमा जाने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्