Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी ८ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित

२०७९ वैशाख १६
tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिकाको वडा नम्वर ८ को दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर ८ को दलित महिला सदस्य पदको उम्मेदवार रश्मि बिक सार्की निर्विरोध निर्वाचित हुनुभएको हो ।

वडा नम्वर ८ को दलित महिला सदस्यमा रश्मिको मात्र मनोनयन पत्र दाखिला भएकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएको हो ।

स्थानीय तह निर्वाचन २०७३ को दफा २५ बमोजिम उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत पौडेलेले जनाउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्