Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सहित चार जना घाईते

२०७९ वैशाख १८
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेसको तर्फबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्षका उम्मेदवार सहित चार जना घाईते भएका छन् ।

माओवादी कार्यकर्ताको आक्रमणमा परेर वडा अध्यक्षका उम्मेदवार माथी हातपात भएको सूचना आएको तर आफूले पुरा विवरण प्राप्त नगरेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी बिष्णु प्रसाद सोतीले जानकारी दिनुभयो ।

नेपाल बिद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसीले घाईते हुनेहरुमा काँग्रेसको तर्फबाट वडा नम्वर ८ का वडा अध्यक्षका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्यका उम्मेदवार रणबहादुर बोहरा सहित काँग्रेस कार्यकर्ताहरु मनबहादुर बुढा र अमर बोहरा रहेको बताउँनुभयो ।

उहाँले घरमा बसेर चुनावी कार्यक्रमबारे छलफल गरिरहेको बेला माओवादी कार्यकर्ता आएर आक्रमण गरेको जनाउँनुभयो । घाईतेहरुको टाउको, ढाड तथा शरिरका बिभिन्न भागमा चोट लागेको बताईएको छ ।
यस बिषयमा विस्तृत विवरण आउन बँकि रहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्