Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोले घर भत्कियो, हुरीले छाना उडायो

२०७९ वैशाख १८
tribeni2

रुकुम पूर्व / शुक्रबार र शनिबार आएको हावाहुरी र पहिरोका कारण रुकुम पूर्वमा क्षति भएको छ । हावाहुरीको कारण जस्तापाताका छाना भएका सरकारी तथा व्यक्तिगत घरमा क्षति भएको छ भने पहिरोको कारण एक घर पुरिएको छ ।

जिल्लाको भूमे गाउँपालिका २ सैपाटुङका रामधन पुनको घर पहिरोले पुरिएको हो । गएराती आएको पानीले स्थानीय त्रिवेणी लघु जल विद्युत आयोजनाको नहर थुनिएको र उक्त नहरको पानीको कारण आएको पहिरोले पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

पहिरोमा परेर पुनको दुईतले ढुंगाले छाएको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय क्षति नभएतापनि तीन ओटा बाख्रा पहिरोमा परेर मरेका छन् । करिब पाँच लाख बराबरको क्षति भएको उहाँले उल्लेख गर्नुभयो ।

हावाहुरीका कारण जिल्लाको बिभिन्न भागमा जस्तापाताको छानो भएका घर, सार्वजनिक भवन र पर्खाल भत्किएका छन् । प्रहरी कार्यालयका अनुसार पुथा उत्तरगंगा गाउँपालिका १० स्थित इलाका प्रहरी कार्यालय, सोहि ठाउँमा रहेको महेन्द्र मावि र वडा नम्वर ११ मा रहेको कृषि भवनको छानो भत्किएको छ । सोहि गाउँपालिका ८ का अलबहादुर हमाल र गणेशबहादुर शाहको घरको छानो हावाहुरीको कारण भत्किएको छ । गाउँपालिकाको ७ मा रहेको बहादुर घर्ति सहितका अन्य १३ वटा घरको छाना पनि हावाहुरीले उडाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भूमे गाउँपालिका ९ चुन्वाङमा रहेको ब्रिगेड ईङ्गिलस मिडियम स्कुल, सोही वडामा रहेको सन्नी आधारभूत बिद्यालय, स्थानीय कलसरा परियारको एक तले घरको छानो हावाले उडाईदिएको छ । सोहि गाउँपालिका ८ कोर्जाका अमृता खड्का,भक्त बहादुर खड्का, ओम प्रकाश खडका, हरिस खड्का, पले खड्का, बल बहादुर खड्का र बलजित खड्काको ढंगे घरका छानामा समेत क्षति पुगेको पीडितले बताएका छन् ।

जिल्लाको सिस्ने गाउँपालिका ४ दादिङका हस्तबहादुर घर्ति र नलबहादुर खड्काको घरको छाना हावाहुरीले भत्काईदिएको छ । घर तथा भवनका साथै अन्पातमा समेत क्षति पुगेको डिएसपी डाँगीले जानकारी दिनुभयो । सोहि गाउँपालिकाको वडा नम्वर २ नायगाड स्थित अर्पणा घर्तिको घुम्ति पसल समेत हुरीले उडाएर क्षति पु¥याएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्