Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा नमूना मतदान कार्यक्रम सम्पन्न

मतदाता शिक्षा आवश्यक
२०७९ वैशाख १९
tribeni2

रुकुम पश्चिममा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यलय रुकुमद्वारा मुसिकोट नगरपालिका ५ स्थित यमुना नन्द नमूना माविमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता शिक्षा कार्यक्रम पनि हुने र बदरमत हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्धेश्यले नमूना मतदान कार्यक्रम राखिएको हो ।

नमूना मतदान कार्यक्रममा स्थानीय मतदाताहरुले मतदान गरेको निर्वाचन कार्यालयले जनाएाको छ । खास मतदानको दिनमा गरिने सबै प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।

सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्था, मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम गरिएको हो । मतपेटिकामा चुनाव चिन्हहरु भने सांकेतिक रुपमा राखिएको निर्वाचन अधिकारी मल्लले बताउँनुभयो ।

उहाँका अनुसार मत बदर नहुने गरेर मतदान गर्न मतदाता शिक्षा कार्यक्रमको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्