Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा तोकिए निर्वाचनका लागि मतदान अधिकृत

२०७९ वैशाख २०
tribeni2

रुकुम पूर्व / स्थानीय तह निर्वाचनका लागि रुकुम पूर्वमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली प्रकाशन गरिएको छ ।

जिल्लामा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र छन् । ती ४९ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको हो । सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सुचना जारी गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम सार्वजनिक गरेको हो ।

निर्वाचनलाई स्वच्छता, निष्पक्षता, विश्वसनियता र भएरहित वातावरणमा सम्पन्न गर्नको लागि ४९ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृत (जगेडा सहित) र सहायक मतदान अधिकृतको सूचि सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिनुभयो । साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।

वैशाख २२ गतेको दिन प्रशिक्षण कार्यक्रम सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयमा सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो ।

नामावली प्रकाशन गरिएका सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्