Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
चुनावी प्रतिबद्धता

सानीभेरीमा माओवादी केन्द्रको प्रतिबद्धता पत्र

४० मुख्य शिर्षकमा आकर्षक योजना
२०७९ वैशाख २०
tribeni2

रुकुम पश्चिम / 'समाजवाद उन्मुख उमृद्धिका लागि गाउँपालिका सरकार' भन्ने मुल नाराका साथ नेकपा (माओवादी केन्द्र) सानीभेरी गाउँपालिकाले आगामी बैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

विभिन्न बिषयमा बुदागत रुपमा योजना बनाएर तयार गरिएको घोषणा पत्रमा अबको ५ वर्षमा गाउँपालिकाको समृद्धिका लागि गर्न सकिने विकासका योजनाहरु समावेश गरिएको छ ।
गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बिर्खबहादुर बिष्टले गुणस्तरिय शिक्षा, दिगो स्वास्थ्य सेवा र भौतिक पूर्वाधार, समृद्ध गाउँपालिका खुशि जनताको लागि श्रम, कृषि, पर्यटन, विकास र रोजगार भन्ने नारामा आधारित रहेर योजनाहरु तयार गरिएको बताउँनुभयो ।

प्रतिबद्धता पत्रमा विकासको प्राथमिकता र दृष्टिकोण, शिक्षा क्षेत्रको विकास र सुदृढिकरण, स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि महत्वपूर्ण योजनाहरु बनाईएको छ । खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, बालमैत्री स्थानीय शासन, महिला, युवा तथा खेलकुदका क्षेत्रमा प्रभावकारी योजनाहरु समावेश गरिएको छ ।

प्रतिबद्धता पत्रमा आदिवासी जनजाती विकास कार्यक्रम, दलित विकास र प्रवद्र्धन कार्यक्रम, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको संरक्षण र सम्मान कार्यक्रम, सहिद परिवार र घाईतेहरुलाई सम्मान कार्यक्रमलाई जोड दिईएको छ ।

त्यसैगरी कृषि, पशु नै समृद्धिको आधार, गाउँपालिकामा कृषकलाई रोजगार नाराका साथ कृषि तथा पशुपंक्षि विकास कार्यक्रम ल्याउने प्रतिबद्धता गरिएको छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन, लघु उद्यम कार्यक्रम, सरकारी र बित्तिय क्षेत्रको विकास, सडक संजाल विकास, निर्माण र स्तरोन्नती, सिचाँई विकास कार्यक्रमलाई प्रतिवद्धता पत्रमा बिभिन्न योजनाका साथ समावेश गरिएको छ ।

प्रतिबद्धता पत्रमा सहरी तथा बस्ती विकास कार्यक्रम, उर्जा, लघु तथा साना जलबिद्युत कार्यक्रम, सूचना संचार र प्रविधि, वन तथा भूसंरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, सरसफाई तथा फोहोर व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन, आगलागी नियन्त्रणका क्षेत्रमा काम गर्नेगरी योजना सार्वजनिक गरिएको छ ।

४० ओटा शिर्षकमा बिभिन्न योजना समावेश गरिएको प्रतिबद्धता पत्र अक्षरश कार्यान्वयन गरिने अध्यक्ष पदका उम्मेदवार बिष्टले उल्लेख गर्नुभयो ।

माओवादी केन्द्र सानीभेरीको घोषणा पत्र २०७९

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्