Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा माओवादी कार्यकर्ता बिच खकुरी हानाहान, ६ जना घाईते

२०७९ वैशाख २०
tribeni2

रुकुम पश्चिम : स्वतन्त्र उम्मेदवारी दिएको बिषयमा रुकुम पश्चिममा माओवादी कार्यकर्ता बिच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघामा मंगलबार राती १ बजे झडप भएको हो । झडपमा परेर सोहि गाउँका ४२ बर्षका धर्मेन्द सुनार, बर्ष ३८ का टिकाजंग मल्ल, बर्ष ३१ का जीवन पुन, बर्ष ६८ का बलबहादुर पुन, बर्ष १७ का चेतन केसी र बर्ष ४० का यमबहादुर पुन घाईते हुनु भएको छ।

घाईते मध्य धर्मेन्द्र, टिकाजंग र जीवनको अवस्था गम्भिर भएकोले थप उपचारका लागि राती नै नेपालगंज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताईएको छ ।

अन्य तीन जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । उहाँहरुको ढाडमा चोट लागेको बताईएको छ ।

प्रहरीका अनुसार गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका गाउँपालिका उपाध्यक्ष सुन्दर ओलीले स्थानीय तह निर्वाचनको लागि आफ्नो नेतृत्वमा वडा अध्यक्ष सहितको स्वतन्त्र प्यानल बनाएर बागी उम्मेदवारी लिएको बिषयमा विवाद हुँदा झडप भएको हो ।

त्यस वडामा माओवादीले लक्ष्मण ओलीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । लक्ष्मण र सुन्दर पक्षका कार्यकर्ताहरु विवाद बढेपछि झडपको अवस्था आएर एक अर्कामाथी कुखुरी प्रहार भएको प्रहरीको भनाई छ ।

स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका सुन्दर ओली र वडा सदस्यको उम्मेदवारी दिएका पार्टीको वडा सचिव पूर्णबहादुर बुढालाई पार्टीले निर्णय विपरित उम्मेदवारी दिएको भन्दै पार्टीले गत १८ गते पार्टीबाट निलम्बन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्