Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कविता - प्रश्न गर

२०७९ वैशाख २०
tribeni2

       कविता - प्रश्न गर

  • भरत खत्री

सुशासन रहित व्यबहारको खोल ओडेर

क्रान्ति र समृद्धिको पैरवी गर्नेमाथि प्रश्न गर ।

अंशुवर्मा, जनक, मार्टिन, अब्राहम, लिक्वान यु, माओको

विकास मोडेल कस्तो हो ? भनी प्रश्न गर ।

आन्दोलन बखतको क्रान्तिकारीपन र नाराहरु

कुन भान्सामा पाकिरहेको छ ? भनी प्रश्न गर ।

समृद्ध नेपाल, सुखी नेपालीको नाराले

कुम्भकर्णको रुप धारण गरेकै होर ? भनी प्रश्न गर ।

पहुँचवालाको नीजी सम्पति बनेको न्याय

राम शाहको न्याय जस्तो कहिले हुन्छ ? भनी प्रश्न गर ।

निरो, कोलम्बस, बेनिटो, हिटलर, चर्चिलको

अत्याचार, शोसन, दमनबाट के पाठ सिक्यौ ? भनी प्रश्न गर ।

प्रतिक्रियावादीको पिजँडाबाट मुक्तभई

राष्ट्रिय हितको बारेमा कहिले सोच्छौ ? भनी प्रश्न गर ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्