Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट खलंगामा एक पुरुषको शव फेला

२०७९ वैशाख २०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको आठबिसकोट नगरपालिका १ चौर गाँउका ४२ बर्षका प्रजापति शर्माको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णुप्रसाद सोतीका अनुसार मंगलबार बिहान साढे ११ बजेको समयमा कृषि विकास बै‌ककाे कार्यालय नजिकको सडक छेउमा एक पुरुषको शव फेला परेको जानकारी आएको हो ।

मृतक शर्मा मुसिकोट नगरपालिका १ मा डेरा गरी बस्दै आएको बताईएको छ । शव देखेपछि स्थानीयवासीले बिहान प्रहरीलाई खबर गरेका थिए । शर्माको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लिईएको डिएसपी सोतीले बताउँनुभयो ।

परिवारका सदस्यहरुले मृतक शर्माले अत्याधिक मदिरा सेवन गर्ने गरेको बताएतापनि मृत्युको कारण भने एकिन भएको छैन । घटनाको थप अनुसन्धानको लागि प्रहरी निरीक्षक राजिव श्रेष्ठको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्