Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उम्मेदवार र शिक्षकलाई कारबाहीको माग

२०७९ बैशाख २१
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका एक वडा अध्यक्षका उम्मेदवार र शिक्षकलाई कारबाहीको माग गरिएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा शिक्षकले चुनावी प्रचार प्रसार गरेको र उम्मेदवारले कुटपिट गरेको भन्दै कारबाहीको माग गरिएको हो ।

बुधबार नेपाली कांग्रेस पुथा गाउँपालिकाका सभापति तपस बुढा र नेकपा एमालेका उपाध्यक्ष शाहीधन बुढाले सयुक्त रुपमा सरकारी सेवा सुविधामा रहेका शिक्षक राम कुमार बुढा मगरले वडा नम्बर ११ मा नेकपा माओवादीको प्रचार गरेको भन्दै निर्वाचन आयोगलाई निवेदन लेखेर कारबाहीको माग गरेका छन ।

यस्तै पुथा गाउँपालिका ११ नम्बर वडा अध्यक्षका उम्मेदवार कुमार सिङले कुटपिट गरेको भन्दै कारबाही गर्न माग गरिएको छ । सोही वडामा नेपाली कांग्रेस र नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका लक्ष्मण बुढाले आफ्ना कार्यकर्ताको ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै निवेदन मार्फत निर्वाचन आयोगलाई कारबाही गर्न माग गर्नुभएको छ । 

कुमार सिङ नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्