Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपालीको घर बनाउन भारतीयको रोक

कन्चनपुर १० चैत ।
tribeni2

भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ ।

पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट एसएसबीले रोकेको हो ।

दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्ण कार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बस्ने बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए ।

घर मर्मतका लागि भूमिसुधार कार्यालयले मुक्तहलिया परिवारलाई एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्