Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भारतमा अध्ययन गरिरहेका मुसीकोटका गोपाल खड्का वेपत्ता

कतै भेटिए खवर गरिदिन परिवारको अपिल
२०७९ बैशाख २१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १ का गोपाल खड्का भारतमा वेपत्ता हुनुभएको छ ।

भारतको देहरादुन कलेजमा अध्ययन गरिरहेका खड्कालाई नेपाल फर्कदै गर्दा अज्ञात समुहले भएको सामान सवै लुटेर सम्पर्क बिहीन बनाएको गोपालका बुवा चिताराम खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोपाललाई १७ गते शुक्रवार भारतको हरिद्वार गङ्गा नदिको आसपासबाट नेपाली भाषा बोल्ने केहि अन्जान ब्यक्तिहरुले नषालु पदार्थ सेवन गराई सम्पर्क बिहीन बनाएका छन ।

गोपाल अहिलेसम्म पनि सम्पर्कमा नआएकाले कहि कतै कसैले भेटेमा वा गोपालको विषयमा जानकारी भएमा निम्न नम्बरमा खवर गर्दिन गोपालको परिवारले आग्रह गरेको छ।
सम्पर्क नम्बरहरु: ७६१७६७७०६८, ९१९३७०६६२५, ९८३४०७३९७८

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्