Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँपालिका अध्यक्षको उम्मेदवार चढेको गाडि तोडफोड

२०७९ वैशाख २२
tribeni2

रुकुम पश्चिममा उम्मेदवार चढेको गाडि तोडफोड भएको छ । नेपाली काँग्रेसको तर्फबाट जिल्लाको त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवार अमरसिंह खड्का चढेको गाडि तोडफोड भएको हो ।

त्रिवेणी गाउँपालिकाको वडा नम्वर ९ नुवाकोटमा बिहिबार बिहान उम्मेदवार चढेको गाडिलाई माओवादी कार्यकर्ताले तोडफोड गरेको प्रहरी जानकारी दिएको छ । उम्मेदवारले प्रयोग गरेको रा १ च १२६२ नम्वरको जिप तोडफोड भएको हो ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिचको झडपको क्रममा गाडि तोडफोड भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक बिष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै जनशक्ति हुँदा भिड नियन्त्रण गर्न गाह्रो भएको हो । उहाँले कुनै मानवीय क्षति भने नभएको बताउँनुभयो ।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्काले आफूले प्रयोग गरेको गाडिमा आक्रमण भएको, आफूहरु भागेर सुरक्षित रहेको बताउँनुभयो । उहाँका अनुसार माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा आफ्ना कार्यकर्ताहरु छिरेतापनि त्यहिबाट निकालेर प्रहरीकै अगाडि निर्धात कुटपिट गरिएको छ । आफ्ना कार्यकर्ताको मोबाईल समेत खोसेर फुटालिएको उहाँले जनाउँनुभयो ।

बुधबार नेपाली काँग्रेस निकट तरुण दलका कार्यकर्ताहरुले माओवादी निकट वाईसीयलका कार्यकर्ताको मोटरसाईकल रोकेर अभद्र गरेको र त्यसकै प्रतिरोधमा आज काँग्रेस कार्यकर्ता माथी आक्रमण गरेको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्