Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा निर्वाचन आचारसंहिताको उल्लघंन

२०७९ वैशाख २२
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा राजनीतिक दलहरुद्वारा निर्वाचन आचारसंहिता उल्लघंन भएको छ । जिल्लास्थित विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको ख्याल नगरी चुनावी प्रचाारप्रसार गरेको पाइएको छ ।

पछिल्लो समयमा मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटको संयोजकत्वमा रहेको जिल्ला निर्वाचन अनुगमण समितिले अनुगमन गर्दा राजनीतिक दलहरुले आचारसंहिता पालना नगरेको पाइएको हो ।

जिल्लाको भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा अनुगमण गर्दा राजनीतिक दलहरुले आचारसंहिता पालना नगरेको र पालिकामा रहेको स्थानीय तह निर्वाचन अनुगमण समितिले पनि अनुगमणको पाटोमा चासो नदेखाएको पाइएको जिल्ला निर्वाचन अनुगमण समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत लवटले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भूमे गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ खाबाङ सहित वडा नम्बर ६ को महत र वडा नम्बर ९ को चुनबाङमा अनुगमण गरिएको थियो ।

अनुगमणको क्रममा निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँको आसपासकै सार्वजनिक स्थल विद्युतको पोल लगाएतका अन्य ठाउँहरुमा सबैभन्दा धेरै दलहरुले झण्डा राखेको पाइएको छ । यस्तै गाडी, अटो, मोटरसाइकल, ट्याक्टरमा झण्डा राखेर प्रचारप्रसार गरिरहेको पाइएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो ।

यस्तै महत, चुनबाङ्मा पनि गाडी, मोटरसाइकल, ट्याक्टरमा झण्डा राखेर राजनीतिक दलले चुनाव प्रचार गरिरहेका थिए भने सार्वजनिक स्थलमा पनि झण्डाहरु थिए । निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको स्थानीय निर्वाचन अनुगमण समितिले प्रभावकारी रुपमा अनुगमण नगर्दा दलहरुले आाचारसंहिता विपरित प्रचारप्रसार गर्दै हिडेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

अनुगमण पश्चात अनुगमण समितिले राजनीतिक दल र उम्मेद्वारलाई भनेर सवारी साधन र सार्वजनिक स्थलमा राखिएका झण्डा तथा पोष्टरहरु हटाउन लगाएको छ ।
भूमेमा निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसार गर्नेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायतका दलहरु रहेका छन । ।

यस्तै जिल्लाको सिस्ने गाउँपालिकामा भने सबै राजनितिक दलहरुले निर्वाचन आचारसंहिता अनुसार चुनाव प्रचारप्रसार भएको मुख्य निर्वाचन अधिकृत लवटले बताउनुभयो । पुथाउत्तरगंगा गाउँपालिकामा भने अनुगमण गर्न बाकी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:०५
प्रतिक्रिया दिनुहोस्