Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा काँग्रेसको कार्यक्रमस्थलमा आगजनी

२०७९ वैशाख २२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा स्थानीय तह निर्वाचनको लागि आयोजना गरिएको चुनावी कार्यक्रमस्थलमा आगजनी भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ५ जिवाङमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रमस्थलमा माओवादीले आगजनी गरेको नेपाली काँग्रेसले जनाएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार गर्न लागिएको कार्यक्रम स्थलको टेन्टमा आगो लगाईएको, वडा कार्यालय तोडफोड गरिएको र कार्यक्रमको तयारीको लागि प्रयोग गरिएको रा १ च १२७२ नम्वरको जीप र चालकलाइ समेत नियन्त्रणमा लिइएकाे नेपाली काँग्रेसका गाउँ सभापति दिपेन्द्र ओलीले बताउँनुभयो ।

उहाँका अनुसार ४ जना कार्यकर्ताको मोबाईल समेत खोसिएको छ भने दुई जनालाई आक्रमण गरेर घाईते बनाईएको छ ।

बिहिबार बिहान गाउँपालिकाको ९ नुवाकोटमा माओवादी र काँग्रेस कार्यकर्ता बिच झडप भएको थियो । झडपमा परेर काँग्रेसका आठ जना कार्यकर्ता घाईते भएका छन् भने अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्काले प्रयोग गर्दै आएको जिप समेत तोडफोड भएको बताईएको छ । उहाँकाे घरमा समेत ताेडपफोड गरिएकाे छ । 

झडपको क्रममा नुवाकोट स्थित प्रहरी चौकीमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ । ताेडफोड भएपछि चाैकीकाे छत ढाेका र साेलारमा क्षती भएकाे छ । 

बुधबार नेपाली काँग्रेसका कार्यकर्ताहरुले माओवादी कार्यकर्ताको मोटरसाईकल रोकेको, पर्चा र झण्डा फालेको कारण आज दोहोरो झडपको अवस्था सिर्जना भएको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्