Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा ढुङ्गा हानाहान, दुई वाइसियल घाइते

२०७९ वैशाख २२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली काँग्रेस, एमाले र माओवादी बिच झडप भएको छ ।

बिहीबार दिउँसो चौरजहारी नगरपालिको वडा नम्बर ७ कोटजहारीमा काँग्रेस, एमाले निकट कार्यकर्ता र माओवादी कार्यकर्ता बिच ढुङ्गा हानाहान भएको नेकपा माआवादी केन्द्र रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा परी २ जना वाइसियल कार्यकर्ता घाइते भएका छन । वाईसियलका ज्ञानबहादुर बोहरा र सुजन शर्मा घाईते भएको जनाईएको छ ।

काँग्रेस र एमालेका कार्यकर्ताहरु पनि घाईते भएको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्